News Portal

पुर्व राष्ट्रिय खेलाडी लिम्बुद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग

रातोपोस्ट संवाददाता
४६१ पटक

विराटनगर, ४ असार । कोरोना भाइरस संक्रमणको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरको घरपरिवारमा छाक टार्न समस्या परिरहेका बेला पुर्व राष्ट्रिय कराते खेलाडी राम लिम्बुको पहलमा अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ।

पुर्व राष्ट्रिय खेलाडी लिम्बुको पहलमा विराटनगर महानगरपालिका वडा- १९ धनपुरा गाउँका ४० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन । दैनिक ज्यालादारी गर्न समेत निशेधाज्ञाका कारण काममा जान नपाएका तथा अति विपन्न परिवारलाई ४ के.जी चामल, १ के.जी नुन र ५ सय ग्राम दाललगायतका खाद्यान्न सामाग्रीहरु वितरण गरिएको स्थानिय समाजसेवी राजु पौडेलले जानकारी दिए ।

खाद्यान्न वितरण कार्यक्रममा प्रदेस नम्वर १ का पुर्व सामाजिक विकास मन्त्री जिवन घिमिरे, महेश रेग्मी, नरेन्द्र बस्नेतलगायतको उपस्थित रहेकाे थियो ।

प्रतिकृया दिनुहोस्