रातोपोस्ट संवाददाता
झापा, १६ असार । झापाकाे बुद्धशान्ति गाउँपालिकाले भाेलि बिहिबार देखि सम्पूर्ण कार्यालयहरु पूर्ण रुपमा सञ्चालन गर्ने भएको छ ।
बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद चापागाईले एक सूचना जारी गर्दै असार १७ गते बिहिबार देखि सम्पूर्ण कार्यालयहरु पूर्णरुपमा सञ्चालन हुने जानकारी दिएका छन् ।
यस अघि १० बजेदेखि ३ बजे सम्म मात्र खुल्ला रहने कार्यालयहरु अब देखि भने बिहान १० देखि ५ बजे सम्म खुल्ने लाग्ने चापागाईले जानकारी दिएका छन् ।