रातोपोस्ट संवाददाता
काठमाडौँ, ६ साउन । नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।
गृहमन्त्री खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए ।