News Portal

क्वारेन्टाइन व्यवस्थापनका क्रममा मृत्यु भएका वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ

रातोपोस्ट संवाददाता
५०१ पटक

कैलाली। कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनका क्रममा मृत्यु भएका वडा अध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गय राति मृत्यु भएको थियो। उनको आज स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ वर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भइ घटनास्थलमै मृत्यु भएको थियो। उनको धनगढीस्थित प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।

प्रतिकृया दिनुहोस्