News Portal

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
६२९ पटक

काठमाडौं, असोज २०। वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य

दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

“सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं। हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला”, आचार्यले फेसबुकमा लेखेका छन्, “यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं।

कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं भनि फेसबुकमार्फत जानकारी दिएका छन्।।”

प्रतिकृया दिनुहोस्