News Portal

नेपाल मगर संघ मेचिनगरद्वारा माक्स तथा सेनेटाइजर वितरण

रातोपोस्ट संवाददाता
६३३ पटक

मेचिनगर, २७ असाेज। नेपाल मगर संघ मेचिनगरले दसै, तिहार तथा छैठ पर्वका अवसरमा  घुम्ती शिविर वैठक , शुभकामना  आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकाे छ। मेचिनगर नगरपालिका वडा न.५  नकलवन्द स्थित मदनटाेलमा  सम्पन्न उक्त कार्यक्रममा काेराेना राेकथामका लागि संघका सदस्य तथा स्थानिय वासिन्दाहरूलाई माक्स तथा सेनेटाइजर समेत वितरण गरिएकाे संघका अध्यक्ष विकाश थापा मगरले जानकारी दिए।

संघका सचिव दान बहादुर ग्याङ्मीले  सञ्चालन गरेकाे उक्त कार्यक्रममा संघका उपाध्यक्ष ज्ञान बहादुर मगर , सह-सचिव राजा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे समापन संघका अध्यक्ष विकाश थापा मगरले गरेका थिए।

प्रतिकृया दिनुहोस्