News Portal

नेकपाकी सांसद सानु शिवा पहाडीको निधन

रातोपोस्ट संवाददाता
३५४ पटक

काठमाडाैँ, २८ असाेज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु शिवा पहाडीको निधन भएको छ। नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार उपचारका क्रममा काठमाडौंको मेडिकल कलेजमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी केही दिनअघि मेडिकल कलेजमा भर्ना भएकी थिइन्। ताप्लेजुङमा जन्मिएर इलामलाई  कर्मथलाे बनाएकी उनि दलित आन्दोलनमा समेत सक्रिय सहभागी उनि लामाे समयदेखि मुटु सम्बन्धी राेगबाट पीडीत थिइन्।

पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत  दु:ख व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ ।

प्रतिकृया दिनुहोस्