News Portal

झापामा गर्जिए प्रबक्ता शर्मा

रातोपोस्ट संवाददाता
११२५ पटक

झापा, मंसिर १७ । नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको गिरफ्तारी र दुर्व्यवहारले कम्युनिष्ट सरकारको पतनको संकेत गरेको बताएका छन ।

उनले भने, “कम्युनिष्ट पार्टीले काङ्ग्रेसका एक सन्त नेतालाई गिरफ्तार गरेर आफ्नो बिदाईको शुरूवातको संकेत गरेको छ।” प्रबक्ता शर्माले सरकारको यो कदम बिरुद्ध कांग्रेसले देशब्यापी रुपमा बिरोध गर्ने समेत चेतावनी दिएका छन्।

‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक र निन्दनीय भएको भन्दै शर्माले सरकारको कदमको भत्सर्ना गरेका हुन्।

झापाको बुद्धशान्तिमा भएको पार्टी प्रबेश कार्यक्रममा बोल्दै प्रबक्ता शर्माले सरकारको यस्तो तानाशाही शैलीको सत्ता धेरै दिन नटिक्ने चेतावनी समेत दिएका छन्। सो कार्यक्रममा बुद्धशान्तिबाट ४२० जना विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस बुद्धशान्ति सभापति चक्र शेर्माले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्