रातोपोस्ट संवाददाता
झापा,२९ पुस। झापाकाे भद्रपुर नगरपालिका स्थित बाेइलर कुखुराकाे फर्ममा आगलागी हुँदा जलेर नष्ट भएकाे छ ।
हिजाे मंगलबार राती ९ बजेकाे समयमा भद्रपुर नगरपालिका वडा नं.३ पैतिसलाइन स्थित कुल बहादुर बिष्टले संचालन गरेको बोईलर कुखुराको फर्ममा अचानक विद्युत सर्ट भई आगलागी हुदाँ उक्त फर्मभित्र रहेका १५० ( एकसय पचास) वटा बोईलर कुखुरा तथा फम पुर्ण रुपले जलि नष्ट भई मुल्य रु ४,००,०००।– ( चार लाख) बराबरको क्षति भएको प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।
उक्त आगलागीमा अन्य मानविय तथा चौपाय क्षति नभएको र आगलागी स्थानियबासी,नेपाल प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आधा घण्टाकाे समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको उपरिक्षक थापाले बताए ।