News Portal

झापाले प्रतिगमन विराेध बिराटनगरमा हुने जनप्रर्दशनकाे तयारी पुरा

रातोपोस्ट संवाददाता
५८५ पटक

झापा, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगठनकाे असवैधानिक प्रतिगमनको विराेधकाे नेकपा १ नम्बर प्रदेश कमिटिले आयाेजनामा हुने जनप्रर्दशनकाे सम्पुर्ण तयारी पुरा भएकाे झापाले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे १ नम्बर प्रदेश कमिटिले विराटनगरमा माघ १६ गते सहिद मैदानमा हुने कार्यक्रममा सहभागी जनता तथा अन्य व्यवस्थापकिय काम पुरा भएकाे झापा संघर्ष समितिका संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य रविन कोइरालाले बताए ।

जनप्रर्दशन कार्यक्रममा झापाबाट दश हजार जनता सहभागी रहने जनाएको छ । विराटनगरमा दिनकाे १२ बजे बसपार्कबाट शुरु हुने कार्यक्रम रहेकाे छ भने विराेध सभा सहिद मैदानमा हुने छ । प्रतिगमनको विराेध सभालाई पाटिका दुई अध्यक्ष प्रचण्ड, माधव नेपाल र पाटिका बरिस्ठ नेता झलनाथ खनालले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।

प्रतिकृया दिनुहोस्