News Portal

असार १ गतेबाट आन्तरिक उडान खुलाउन व्यवसायीको माग

रातोपोस्ट संवाददाता
३८४ पटक

काडमाडौं, २५ जेठ । असार १ गतेबाट आन्तरिक उडान सञ्चालन गर्ने व्यवस्था गर्न निजी हवाई सेवा प्रदायक कम्पनीहरुले सरकारसँग आग्रह गरेका छन्।

कोरोना संक्रमण आधाउधीमा नै घटेको भन्दै असार १ गतेबाट आन्तरिक उडान सुरु गर्ने वातावरण बनाइदिनुपर्ने वायु सेवा सञ्चालक संघको माग छ। ४० दिनभन्दा बढीको आन्तरिक उडानका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १० लाखभन्दा बढीले रोजगारी पाएको क्षेत्रको व्यापार शूल्य भएको संघको भनाइ छ।

साथै २०७६ चैतमा भएको पहिलो लकडाउनमा सरकारले दिएको जहाज पार्किङ तथा ल्यान्डिङ शुल्कमा पनि ७५ प्रतिशत छुटलाई अहिले पनि निरन्तरता दिनुपर्ने व्यवसायीको माग छ।

No description available.

प्रतिकृया दिनुहोस्