News Portal

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बारा स्वीकृत

रातोपोस्ट संवाददाता
३२७ पटक

हेटौंडा, २५ जेठ । बाग्मती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि प्रदेशसभामा  प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ ।

बैठकले सरकारको नीति कार्यक्रम तथा बजेटको प्राथमिकताको सम्बन्धमा छलफल गरी निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

उनका अनुसार यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्