News Portal

नेपालमा ५७६८ जना कोरोनामुक्त, ४३४४ संक्रमित थपिए

रातोपोस्ट संवाददाता
६२१ पटक

काठमाडौं, २६ जेठ । पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ।

यस्तै, सोही अवधिमा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख ९९ हजार ७०८ पुगेको छ।

गत २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको छ। देशका ४६ सय भन्दा बढी जिल्ला ५०० बढी सक्रिय संक्रमित छन्। देशभर ८० हजार ३३६ सक्रिय संक्रमित छन्।

प्रतिकृया दिनुहोस्