News Portal

नेपालमा ५ हजार २९३ जना कोरोनामुक्त हुँदा ३ हजार ७४९ संक्रमित थपिए

रातोपोस्ट संवाददाता
३०७ पटक

काठमाडौं, २७ जेठ । पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ। बिहीबार ५ हजार २९३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।

विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका ५ हजार २९३ संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घन्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १५ हजार २३८ नमूना परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो।

९ हजार ९०१ नमूनाको पीसीआर र ५ हजार ३३७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो। यस्तै पछिल्लो २४ घन्टामा ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ।

प्रतिकृया दिनुहोस्