News Portal

सिन्धुपाल्चोकमा बाढीमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार हुँदै, ८ जना चिनिया प्राविधिक सम्पर्कविहीन

रातोपोस्ट संवाददाता
३१८ पटक

सिन्धुपाल्चोक, २ असार । हेलिकप्टरले अहिले बाढीमा फसेकाहरूको उद्धार गरिरहेको मन्त्री शेरबहादुर तामाङका स्वकीय सचिव लागि निर्मल बञ्जाराले जानकारी दिएका छन् ।

मेलम्ची खोलाको किनारमा रहेका सबै बस्ती र क्याम्पहरू बगाएको छ। मेलम्चीको मुहानदेखि मेलम्ची पुल बजारसम्म ठूलो क्षति पुर्याएको छ । मेलम्चीमा प्रोजेक्टमा काम गर्ने ८ जना चिनिया प्राविधिकहरू सम्पर्कविहीन छन्।

बाढीका कारण सबै टेलिफोन, बिजुलीका लाइन ध्वस्त भएका छन् । मोबाइल चार्ज समेत गर्न नपाउँदा सम्पर्क विच्छेद भएको छ। हेलिकप्टर बाहेक अहिले अन्य यातायातको साधन त्यहाँ पुग्न सम्भव नै नभएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्