News Portal

काठमाडौं महानगरद्वारा मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा

रातोपोस्ट संवाददाता
३१५ पटक

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । महानगरपालिकाकाे नवौँ अधिवेशनको कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।

मेलम्ची नदीमा आएको बाढीले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्धारका लागि रकम सहयाेग गर्ने घोषणा गरिएकाे शाक्यले जानकारी दिए । मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।

यस अघि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका–१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

प्रतिकृया दिनुहोस्