News Portal

राप्रपाकाे युवा र मजदुर संगठनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
५३२ पटक

झापा, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रजातान्त्रिक युवक संगठन र ट्रेड युनियन महासंघ(टुकोन)ले शनिबार झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच पनि रगतको अभाव कम हुन नदिन प्रजातान्त्रिक युवक संगठन र ट्रेड युनियन महासंघ (टुकोन) बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

रक्तदान कार्यक्रममा ५७ जनाले रगतदान गरेको राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले जानकारी दिइन् । झापाको क्षेत्र नं. ३ का निवर्तमान संघीय सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष राजकुमार राईले रक्तदान गर्दै उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा राप्रपा झापाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सहसचिव अभिषेक ढुङ्गाना, २ नं. क्षेत्रीय अध्यक्ष दीपक मास्केलगायतले बोल्दै रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए । कोरोना महामारीका कारण रगत अभाव हुन नपाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्