News Portal

दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

रातोपोस्ट संवाददाता
४०८ पटक

काठमाडौँ, २७ असार । नेपाल सरकारको रिक्त दुई सचिव पदमा बढुवाका लागि ६ जना सहसचिवको नाम सिफारिस भएको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।

प्रशासनतर्फ सहसचिव खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा र डा. रामप्रसाद घिमिरेको सिफारिस भएको बढुवा समितिले जनाएको छ । यस्तै प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल र सरजु कुमार बैद्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्