News Portal

प्रधानमन्त्रीका सल्लाहकारको अभिव्यक्तिप्रति नेपालको आपत्ति

रातोपोस्ट संवाददाता
३४३ पटक

काठमाडौँ, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गरेको कार्यदल सहमतिको व्याखा ‘गलत र अस्वीकार्य’ भएको बताएका छन् ।

नेता नेपालले सामाजिक सञ्जालमार्फत अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने स्पष्ट पारेका हुन् । उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको समेत जनाएका छन् ।

हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित भएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्