News Portal

विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा

रातोपोस्ट संवाददाता
३४९ पटक

काठमाडौं, २८ असार । सर्वोच्च अदालतको फैसलापछि विपक्षी गठबन्धनको बैठक अहिले बसेको छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बसेको हो।

बैठकमा सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थिति र अबको सरकार गठन लगायतका विषयमा समेत छलफल हुने बताइएको छ । एमाले नेता माधवकुमार नेपालको निवास नजिकैको वन पैदावर उद्योग व्यवसायी महासंघको भवनमा बैठक बसेको हो।

बैठकमा एमाले नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र बालकृष्ण खाँड, जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादव, महेन्द्र राय यादव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन्। गठबन्धन अघि नेपाल निवासमै नेपाल र माओवादी अध्यक्ष दाहालबीच संवाद भएको छ।

प्रतिकृया दिनुहोस्