News Portal

महान्यायाधिवक्ता रमेश बडालद्वारा राजीनामा

रातोपोस्ट संवाददाता
३१७ पटक

काठमाडौं, २९ असार । रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन ।

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताए । महान्यायाधिवक्ता कार्यालयमा आजै बडालको बिदाई कार्यक्रम राखिएको छ ।

प्रतिकृया दिनुहोस्