News Portal

विप्लवले अस्पतालमै गएर भेटे सुदर्शनलाई

रातोपोस्ट संवाददाता
३६६ पटक

काठमाडौं, २९ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ आफ्नै पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’लाई अस्पतालमै गएर भेटेका छन्।

हृदयघात भइ शहीद गंगालाल राष्ट्रिय हृयदरोग केन्द्र बाँसवारीमा भर्ना भएका ओलीलाई विप्लवले मंगलबार दिउँसो साढे २ बजेतिर भेटेका हुन्।

विप्लवले ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन्। गत फागुनदेखि ‘खुला राजनीतिमा’ आएपछि प्राय आफ्नो गृहजिल्ला कपिलवस्तमा नै रहँदै आएका विप्लव केही दिन अगाडि काठमाडौं आएका थिए।

प्रतिकृया दिनुहोस्