News Portal

नेपालमा थप २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
२८७ पटक

काठमाडाैं, ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्