News Portal

ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुतला जलाए

रातोपोस्ट संवाददाता
३६६ पटक

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका युवाहरुले कोटेश्वरमा माधव नेपालको पुतला जलाएका छन् ।

कोटेश्वरमा नेपालविरुद्ध नारावाजी गर्दै नेपालको पुतला जलाएका हुन् । उनीहरुले माधव नेपालको घर घेर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कोटेश्वरमा जमा भएका ओली समूहका युवाहरु अहिले भने तितरवितर भएका छन् । केपी ओलीलाई वालुवाटारबाट बाल्कोट पु¥याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेपछि निवासको सुरक्षा बढाइएको छ ।

प्रतिकृया दिनुहोस्