News Portal

चार पार्टीबिच संयुक्त रणनैतिक मोर्चाको बैठक सुरु

रातोपोस्ट संवाददाता
५२९ पटक

काठमाडाैं, ११ साउन । कम्युनिस्ट पार्टीका चार घटकबीच रणनैतिक संयुक्त्त मोर्चाको बैठक सुरु भएकाे छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य (किरण)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच आइतबार बैठक सुरु भएको हो ।

काठमाडौंमा बसेको बैंठकले रणनीतिक संयुक्त मोर्चालाई थप सशक्त बनाउँदैं क्रान्तिकारी ध्रुवीकरणलाई अगाडि बढाउने स्पिरिट अनुसार बसेको नेकपा स्रोतले बताएकाे छ ।

छलफलमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुती र नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच छलफल भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस्