News Portal

जुलुस नरोके कोरोनाको तेस्रो लहर छिटै सुरु हुन्छ : भट्टराई

रातोपोस्ट संवाददाता
३६५ पटक

काठमाडौं, ११ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमणकाे तेस्रो लहर सुरु भएकोले सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले कोरोनाको डेल्टा प्रजातिको भाइरस अझै खतरनाक हुने भन्ने कुरा आएको बताउँदै हवाई माध्यमबाट सङ्क्रमण फैलिने भएकोले पूर्व सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

​नेता भट्टराईले कोरोना विरुद्धको खोपका लागि सरकारले पर्याप्त तयारी नगरेको भन्दै विकसित देशले आवश्यकता भन्दा बढी खोप अग्रिम बुकिङ गरेको भन्दै सरकारले के तयारी गरेको छ भन्दै प्रश्न गरे । उनले कोरोनाको तेस्रो भेरियन्ट फैलाउन अव्यवस्थित सभा जुलुसले सहयोग गर्ने भन्दै त्यसलाई रोक्न आग्रह गरे ।

उनले अखिल फोर्सले जुलुस निकालेको, युथ फोर्सले १० हजारको जुलुस निकालेको, पिपुल्स भाेलिन्टियरले अर्को जुलुस निकालेको, सिंहदरबार छेउमै प्रधानमन्त्रीलाई साँचो बुझाउने जुलुस निकाल्ने काम गरेको बताउँदै यस्ता जुलुस सरकारले नरोक्ने हो । कोरोनाको तेस्रो भेरियन्ट तिव्ररूपमा फैलिने उल्लेख गरे।

प्रतिकृया दिनुहोस्