News Portal

बुढानीलकण्ठमा काँग्रेसको पदाधिकारी बैठक बस्दै

रातोपोस्ट संवाददाता
३१८ पटक

काठमाडौं, १२ साउन । बुढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ । मंगलबार बिहान ९ बजे पदाधिकारी बैठक सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बस्न लागेको हो । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको छ ।

आजको बैठक महाधिवेशन केन्द्रित रहनेछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन तयारीबारे नै बैठक केन्द्रित हुनेछ । कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन । साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ । अब वडा अधिवेशन कहिले गर्ने भन्नेबारे आज छलफलको एजेन्डा छ । यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताउँनु भएको थियो । उक्त समितिमा पाँच हजार उजुरी परेका थिए । बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन । यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ ।

प्रतिकृया दिनुहोस्