News Portal

अदालतको फैसला महरालाई सफाइ दिने उच्च अदालत पाटनद्वारा सदर

रातोपोस्ट संवाददाता
४०२ पटक

काठमाडौं, १२ साउन । जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।
न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई मंगलवार सदर गरेको हो ।महराले उच्च अदालतबाट पनि सफाइ पाएको रजिस्ट्रार ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका हुन् ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तत्कालीन सभामुख महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । महरालाई २०७६ फागुन ५ गते जिल्ला अदालतले सफाइ दिएको थियो । त्यसविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो ।

प्रतिकृया दिनुहोस्