News Portal

टोकियो ओलम्पकमा आज गौरिका प्रतिस्पर्धा गर्दै

रातोपोस्ट संवाददाता
६३० पटक

काठमाडाैं, १३ साउन । टोकियो ओलम्पिक अन्तर्गत महिला १०० मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज गौरिका सिंह बुधबार(आज) प्रतिस्पर्धा गर्दैछिन् ।

खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ।  यो स्पर्धामा हिट १ मा गौरिकी परेकी छिन् । यो हिटमा उनीसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् ।

५२ खेलाडी सहभागी हिट चरणबाट उत्कृष्ट समय निकाल्ने १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन् ।  १३ ‌औँ दक्षिण एसियाली खेलकुद(साग) मा उनले नेपालका लागि स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस्