News Portal

प्रधानमन्त्री देउवा आज लन्डन जाँदै

रातोपोस्ट संवाददाता
६१२ पटक

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री देउवाको टोली पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललगायत सहभागी रहेका छन्। पाँचौपटक प्रधानमन्त्री बनेका देउवाको यो पहिलो बिदेश भ्रमण हो।

प्रतिकृया दिनुहोस्