News Portal

पौडेल समूहबाट अलग हुँदै प्रकाशमान सिंह

रातोपोस्ट संवाददाता
३७९ पटक

काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह त्याग गरेका छन् ।

आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारका आकांक्षी सिंहले महाधिवेशन तयारीमा केन्द्रीत हुन भन्दै पौडेलले बोलाएको बैठक बहिस्कार समेत गरेका छन् । वरिष्ठ नेता पौडेलले आज संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने गइरहेको बैठकमा आफू उपस्थित नहुने सिंहले पौडेललाई जानकारी समेत गराएका छन् ।

यसअघि १३ औं महाधिवेशनमा पौडेल सभापति लड्दा सिंह प्रस्तावक रहेका थिए । १३ औं महाधिवेशनमा आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको भन्दै सिंह असन्तुष्ट छन् । आसन्न महाधिवेशमा सिंहले आफ्नै टिम बनाउने बताइएको छ ।

प्रतिकृया दिनुहोस्