News Portal

प्रदेश १ को प्रदेश सभाको बैठक भोलि सम्मका लागि स्थगित

रातोपोस्ट संवाददाता
४१२ पटक

काठमाण्डाै, ३० कार्तिक । प्रदेश १ को प्रदेश सभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको प्रदेश १ को प्रदेश सभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची थियो । नेकपा एमालेले विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् । बैठक बसे पनि एमालेका कोही सांसद नआएपछि सभामुख प्रदीपकुमार भण्डारीले भोलिसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची पनि भोलिका लागि नै सारिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्