News Portal

अमेरिकाको पहिलो महिला राष्ट्रपति बनिन् कमला ह्यारिस

रातोपोस्ट संवाददाता
४५० पटक

काठमाडाैँ, ४ मंसिर । उपराष्ट्रपति कमला ह्यारिस अमेरिकाको कार्यवाहक राष्ट्रपतिको पद सम्हाल्ने पहिलो महिला बनेकी छिन्। राष्ट्रपति जो बाइडेनको स्वास्थ्य उपचारकोको क्रममा ह्यारिसले ८५ मिनेट कार्यवाहक राष्ट्रपतिको रुपमा काम गरेकी हुन्। शुक्रबार बाइडेनको नियमित जाँच गरीएको थियो। अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार बाइडेनले शुक्रबार स्थानीय समयअनुसार बिहान १०ः१० मा संसदलाई शक्ति हस्तान्तरणको जानकारी दिएका थिए भने ११ः३५ मा पुनः काममा फर्किएका थिए।

बाइडेनका डाक्टरले उपचारपछि अब उनी स्वस्थ रहेको र आफ्नो कामको लागि सक्षम रहेको बताएका हुन्। ७९ औं जन्मदिनअघि बाइडेनको स्वास्थ्य परीक्षण गरिएको हो। उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको र त्यसको निराकरण गरिएको उपचारमा संलग्न डाक्टरले बताएका छन्। बाइडेनको परीक्षण चलिरहेको समयमा ह्यारिसले बाइडेनको काम सम्हालेकी थिएन्। ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुन्। अमेरिकामा अहिलेसम्म कुनै महिलाले राष्ट्रपतिको रुपमा काम गरेका थिएनन् ।

अमेरिकाको संविधानमा राष्ट्रपतिले आफू काम गर्न सक्षम नभएको अवस्थामा जिम्मेवारी हस्तान्तरण गर्न सक्ने व्यवस्था छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले यो अभूतपूर्व घटना नभएको भन्दै यसअघि पनि यसरी शक्ति हस्तान्तरणको काम हुँदै आएको बताएकी छिन्। बाइडेन अमेरिकाका सबैभन्दा वयोवृद्ध राष्ट्रपति हुन्। उनले यसअघि सन् २०१९ मा अन्तिमपटक आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए।

प्रतिकृया दिनुहोस्