News Portal

एमाले वडा समितिद्वारा निर्वाचित नगर कमिटीलाई सम्मान

रातोपोस्ट संवाददाता
३९८ पटक

मेचीनगर, ४ मंसिर । नेकपा एमाले मेचीनगर–८ वडा कमिटीले नव निर्वाचित मेचीनगर नगर समितिलाई एक कार्यक्रमका बिच शनिबार सम्मान गरेको छ । वडा समितिले मेचीनगर एमालेको नँया नेतृत्व सम्हालेका अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवद्वय लागायत वडा नम्बर–८ बाट नगर कमिटीमा प्रतिनिधित्व गर्ने १२ जना नगर सदस्यलाई सम्मान गरेको जनाएको छ ।

नेकपा एमाले वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षतामा आयोजना भएको सम्मान कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य तथा मेची नगर उपप्रमूख मीना पोखरेल (उप्रेती) को प्रमूख आतिथ्यता रहेको थियो भने जिल्ला कमिटी सदस्य लाल बहादुर थामीको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेल, उपाध्यक्ष दिनेश राजबंशी, सचिव कञ्चन तामाङ, उपसचिवमा डेनु मगर र जगनाथ भट्टराई सदस्यहरु सन्तोष मेचे, गणेश कुमार खरेल, चित्र धिमाललगायतलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्