News Portal

काँकरभिट्टामा पेशागत महासंघले मनायो स्थापना दिवस

रातोपोस्ट संवाददाता
२०१ पटक

झापा, ६ जेठ । पेशागत महासंघ नेपाल झापा जिल्ला शाखाले २९ औं स्थापना दिवस शुभकामना आदानप्रदान गरि आज मनाएको छ। “समाजवाद : सामाजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन ! गुणस्तरीय सेवा, सुशासन एकीकृत एवं सुदृढ ट्रेड युनियन !” भन्ने मुल नाराकाे साथ मेचीनगर- ६ स्थित पर्यटन कार्यालयमा पेशागत महासंघले स्थापना दिवस मनाएकाे हाे ।

पेशागत महासंघ नेपाल झापाले २९ औं स्थापना दिवसकाे अवसरमा शुभकामना दिदै विभिन्न पेशागत महासंघमा आबद्ध प्रतिनिधिहरुलाई कतै समस्या परेकाे खण्डमा पार्टीलाई जानकारी गर्न कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) पार्टी मेचीनगरका अध्यक्ष हरि तिम्सिनाले आग्रह गरेका छन । पेशागत हिसाबले जुनसुकै ठाउँमा आबद्ध भएतापनि समस्या परेकाे खण्डमा पार्टीले संरक्षण गर्ने तिम्सिनाले बताए ।

पेशागत महासंघ नेपालकाे स्थापना दिवसकाे अवसरमा शुभकामना दिदै विभिन्न ठाउँमा आबद्ध पेशाकर्मीहरु ऐक्यबद्धता भएर लाग्न पार्टीका नगर उपाध्यक्ष विमला देवकाेटाले आग्रह गरेकी छिन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा पेशागत महासंघ नेपाल केन्द्रीय सदस्य मदन खतिवडा, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य दिलिप थापा, एकीकृत सरकारी कर्मचारी संगठन झापा जिल्ला इन्चार्ज इन्दु खवासलगायत व्यक्तिहरुले शुभकामना दिएका थिए । कार्यक्रम पेशागत महासंघ नेपाल झापाका अध्यक्ष माेहन प्रसाद ढकालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । सबै पेशामा आबद्ध पेशाकर्मीहरुकाे हकहितकाे संरक्षणकाे लागि पेशागत महासंघ नेपाल बि.सं. २०५२ जेठ ६ गते स्थापना भएकाे हाे।

प्रतिकृया दिनुहोस्