News Portal

माओवादी केन्द्रको शिबसताक्षी-२ काे अध्यक्षमा भीम नेम्बाङ

रातोपोस्ट संवाददाता
३८५ पटक

झापा, ४ मंसिर । झापाको शिबसताक्षी नगरभरी नेकपा (माओवादी केन्द्र) ले प्रथम वडा सम्मेलन सम्पन्न गरेको छ । यसैबीच, वडा नं २ को मोती माध्यमिक विद्यालयमा आयोजित माओवादी केन्द्रको प्रथम वडा सम्मेलनबाट पुर्नः भीम वहादुर नेम्बाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा सम्मेलनको उद्घाटन हुनु अघि मोती माध्यमिक विद्यालयबाट निस्केको र्यालीले मंगलबारे बजार परिक्रमा गरेर कार्यक्रम स्थलमा आइपुगेको थियो । मोती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रथम वडा सम्मेलनले नेम्बाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

सो कमिटीको उपाध्यक्षमा देउप्रकाश राई, सचिवमा उमाकान्त काफ्ले, सहसचिवमा बुद्धराज शेर्मा, कोषाध्यक्षमा चम्पा विश्वकर्मा छन् । त्यस्तैं, सदस्यहरुमा खड्क भुजेल, दधिराम ढकाल, नन्दकुमार तामाङ, पार्वता इङगनाम, प्रेमकुमार राई, साङसन सोदेन, कुमार मोहोरा, मकर नेम्बाङ, राजकुमार राई, देवीप्रसाद गुरुङ, मनकुमार गुरुङ, होम बहादुर खड्का, प्रेमकुमार ताजपुरिया, लिम्बाई मर्दी, कुमार लामिछाने, पदम बहादुर माझी, जसबहादुर मुक्सुहाङ, चन्द्रकुमार गुरुङ, कमला पुरी, लुखि बेस्रा, गंगामाया विश्वकर्म, वसन्ती राई, केशब थापा, सम्झाना अधिकारी छन् ।

भीमवहादुर नेम्बाङको अध्यक्षतामा आयोजित वडा सम्मेलनको उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र) की प्रदेश १ कमिटीका सदस्य कल्पना कार्की (भूमिका) को प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष महेन्द्र भट्टराई, माओवादी आन्दोलन, सघर्ष, संगठन निर्माण र विस्तार मार्फत धरमपुरका अग्रज एमबी खापुङ, दिपक बुडाथोकी, प्रभु फुयल, वडा इन्चार्ज कुमार कोइराला, युवा नेता भुवन राई, वाइसियल नगर उपाध्यक्ष सञ्जिव राई, नगर सदस्य खगेन्द्र राई, वडा कमिटी अध्यक्ष लक्ष्मी गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बुद्धिजिवी लक्ष्मण मर्डीले गरेका थिए भने सञ्चालन नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कार्यालय सदस्य तथा सतासी साप्ताहिक पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फु राईले गरेको थिए ।

प्रतिकृया दिनुहोस्