News Portal

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३२४ पटक

काठमाडाैँ, ८ मंसिर । नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३३२ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ।

२३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ। त्यस्तै, काठमाडौं उपत्यकामा १८१ थपिएका छन्। जसमध्ये काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित छन्।

प्रतिकृया दिनुहोस्