News Portal

थप २८० जनामा संक्रमण पुष्टि , ६ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६९५ पटक

काठमाडौं, २९ मंसिर । नेपालमा विगत २४ घण्टामा २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार २१२ जनाको पीसीरआर परीक्षणमा २५२ जना र २ हजार ७८२ एन्टिजेन परीक्षणमा २८ जना गरी कुल २८० जनमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ३०० रहेको छ भने उक्त अवधिमा छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

यसैगरी मुलुकभर हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ११८ जना काठमाडौं उपत्यकाका संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्