News Portal

कुनै बहानामा एमसीसी पास गर्न हुन्‍न : प्रेम सुवाल

रातोपोस्ट संवाददाता
३५४ पटक

काठमाडाैँ, ६ पुस । नेपाल मजदुर किसान पार्टीका नेतासमेत रहेका सांसद प्रेम सुवालले एमसीसी कुनै पनि हालतमा पारित नहुने बताएका छन् ।

उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रघाती भएकाले कुनैप नि हालतमा पारित गर्न नहुने बताएका छन् । सुवालले कुनै न कुनै बहानामा एमसीसी पारित गर्नै तयारी भइरहेको भन्दै उनले पास गरिए नमान्ने बताए ।

उनले भने, ‘यो इन्डोप्यासीफिक रणनीतिअन्तर्गत आएको परियोजना हो । राष्ट्रघाती सम्झौतालाई हामी मान्दैनौँ ।’उनले नेपालको जलविद्युत् भारत हुँदै सिगापुर लगेर नेपाललाई अध्यारोमा राख्ने योजना अनुसार एमसिसी आएको बताए ।

प्रतिकृया दिनुहोस्