News Portal

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५२८ पटक

काठमाडौं, ७ पुस । नेपालमा थप एक जनामा कोरोना भाइरसको नया भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्रले संक्रमण पुष्टि भएको जानकारी बुधबार दिएकी हुन्।

उनका अनुसार ५८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। उनले भनिन्, ‘उहाँ स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा हुनुहुन्छ, स्वास्थ्य अवस्था सामान्य छ।’

उनले संक्रमित पुरुषको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको पनि जानकारी दिइन्। यसअघि २ जनामा ओमिक्रोन पुष्टि भएकाे थियाे। दुवैजना संक्रमणमुक्त भइसकेका छन्।

प्रतिकृया दिनुहोस्