News Portal

नक्कली पीएचडी सीमापारि हुन्छ : डा. बाबुराम भट्टराईलाई डा. भीम रावलको जवाफ

रातोपोस्ट संवाददाता
६५५ पटक

काठमाडाैँ, १८ माघ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा. भीम रावलले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् ।

डा. भट्टराईले रावल नक्कली पीएचडी हुन् भनेर ट्विटरमा प्रश्न गरेपछि उनले जवाफ फर्काएका हुन् ।नेता रावलले नक्कली पीएचडी सीमापारि हुने गरेको जवाफ दिएका हुन् । डा. भट्टराईले भारतको जेएनयूबाट पीएचडी गरेका हुन् भने डा. रावलले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका हुन् ।

डा. रावलले ट्विटरमा लेखेका छन्, ‘बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन । पीएचडी नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिभुवन विश्वविद्यालयबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’

प्रतिकृया दिनुहोस्