News Portal

बालकृष्ण थापाको पहलमा पूर्वी नाकामा फहराइयो राष्ट्रिय झन्डा

रातोपोस्ट संवाददाता
५१७ पटक

झापा, २८ चैत्र । नेपालको पूर्वी नाका मेची पुलमा नयाँ राष्ट्रिय झन्डा फहराइएको छ । स्थानीय युवा नेता तथा समाजसेवी बालकृष्ण थापाको पहलमा राष्ट्रिय झन्डा राखिएको हो । राष्ट्रप्रति गौरव महसुस हुने झण्डा पूर्वी सिमानामा राखिएको हो ।

चन्द्र सूर्य अकिंत उक्त राष्ट्रिय झण्डा प्रवेशद्धारमा फहराइएको छ । दुई देश बीचको सिमानामा राष्ट्रियता दर्शाउन स्थानीय स्तरबाट झन्डा राखिएको थियो । सो झन्डा च्यातिएपछि नयाँ झण्डा फहराइएको समाजसेवी थापाले बताए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको समन्वयमा झन्डा फहराइएको हो । सो अवसरमा जनपथ, शसस्त्र प्रहरी, संचारकर्मी, स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्