News Portal

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

रातोपोस्ट संवाददाता
७११ पटक

काठमाडौं, २८ चैत । पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरिफ पाकिस्तानको २३औं प्रधानमन्त्री चयन भएका छन् । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको हो ।

सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा १७४ सांसदले मतदान गरेका छन् । प्रधानमनत्रीका लागि पाकिस्तान तहरिक ए इन्साफका उपाध्यक्ष शाह महमुद कुरैसीले पनि मनोनयन दर्ता गरेका थिए । तर तहरिक ए इन्साफका सांसदले संसद नै बहिस्कार गरे ।

प्रधानमनत्री चयन भएका सहबाज पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । सहबाजले यसअघि पञ्जाव प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।

प्रतिकृया दिनुहोस्