News Portal

बालुवाटारमा सुरू भयो गठबन्धनको बैठक

रातोपोस्ट संवाददाता
५५० पटक

काठमाडौं, २९ चैत्र । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ।आजको बैठकले चुनावी तालमेलको मोडालिटीबारे टुंगो लगाउने बताइएको छ। बैठक दिउँसो ४ बजे बस्ने भनिएपनि केही ढिलागरि सुरु भएको हो।

यसअघि सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो। उक्त छलफलले निष्कर्ष निकाल्न नसकेकाले आज तालमेलको मोडालिटीबारे छलफल गरी निष्कर्ष निकालिने एक नेताले जानकारी दिए। सोमबारको बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने? कुन आधारमा गर्ने? भन्नेबारे छलफल भएको थियो।

बैठकले महानगर र उपमहानगरको हकमा केन्द्रबाट टुंग्याउने र अन्य पालिकामा तल्लो तहबाटै टुंग्याउने सहमति बनेको थियो। साथै, सोमबारको बैठकले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गर्दै एक अपिलसमेत सार्वजनिक गरेको थियो। गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाइसकेको छ।

प्रतिकृया दिनुहोस्