News Portal

कमल थापाको छोरीले छाडिन् राप्रपा

रातोपोस्ट संवाददाता
५८५ पटक

काठमाडाैं, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा देखिएको सैद्धान्तिक र नैतिक बिचलनका कारण आफुले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छिन् । अब उनी बाबुको पार्टी राप्रपा नेपालमा सक्रिय हुने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्