News Portal

चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु, दुई जना घाइते

रातोपोस्ट संवाददाता
५९० पटक

काठमाडाैँ, ७ बैसाख । मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। काभ्रेको महाभारत गाउँपालिका–७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवान रामले चट्याङ लागेर डिलबहादुर मोक्तानकी कान्छी छोरी १६ वर्षीय कान्छीमाया मोक्तानको मृत्यु भएको जानकारी दिए। पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा मोक्तानको मृत्यु भएकोे इलाका प्रहरी कार्यालय देवीटारले जनाएको छ। सई रामका अुनसार चट्याङ लागेर दुई जना घाइते भएका छन्। जसमा मृतककी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान रहेका छन्।

स्थानीय कोकिल स्याङ्तानले चट्याङले एक वटा भैँसी समेत मरेको जानकारी दिए। उनले चट्याङका कारण घरको जस्ता, सोलार, गोठ आदिमा क्षति पुगेको बताए। घट्ना स्थलमै रहेका स्थानीय स्याङ्तानले चट्याङ लघु जल विद्युतको लाइनबाट गोठ हुँदै घरमा पुगेको देखिएको सुनाए।

उनका अनुसार घरभित्र चट्याङका कारण ठूलो खाडलसमेत बनेको छ। सई रामले प्रहरी टोली घटनाबारे सूचना पाएसँगै सो स्थान तर्फ जाँदै गरेको पनि बताए। उनले विस्तृत विवरण घटनास्थलमा पुगेपछि नै भन्न सकिने बताए। घटना स्थल प्रहरी कार्यालयदेखि करिब दुई घण्टाको दुरीमा रहेको छ। थाहाखबरबाट

प्रतिकृया दिनुहोस्