रातोपोस्ट संवाददाता
नयाँ दिल्ली, २७ जेठ । भारतको राष्ट्रिय सभा सदस्य चयनका लागि चार राज्यमा शुक्रबार मतदान भएको छ। निर्वाचन आयोगले भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान र हरियाणा राज्यमा शुक्रबार भएको निर्वाचनबाट राष्ट्रिय सभाका लागि १६ जना निर्वाचित हुने जनाएको छ।
स्थानीय समय अनुसार विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो। यसअघि भारतको उत्तर प्रदेश, तमिल नाडु, आन्द्र प्रदेश, विहार, उडिशा, मध्य प्रदेश, पञ्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलङ्गनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।
अहिलेको निर्वाचनमा राष्ट्रिय चर्चित नेताहरु पनि प्रतिस्पर्धामा हुनुहुन्छ। संघीय मन्त्रीद्वय पियुष गोयल र निर्मला सितारमण, काँग्रेस नेता जयराम रमेश, राणदिप सुर्जेवाल र मुकुल वास्निकको भाग्यको फैसला निर्वाचन परिणामले गर्नेछ। -एएनआई