News Portal

एमाले झापामा काे- काे परे समानुपातिक उम्मेदवार

रातोपोस्ट संवाददाता
२७२ पटक

झापा, ३ असाेज । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । सोमवार नामावली बुझाएको एमालेले जनाएको छ । सो नामावलीमा झापा जिल्लाबाट दश जनाको नाम अटाइएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ के.आर. खम्बू , अमृतलाल राजवंशी, हर्कमाया विक, भीम खवास, निर्मला शिवाकोटी पाठक र निरु पुलामी मगर समानुपातिकको बन्द सूचीमा परेका हुन् ।

प्रदेशसभा सदस्य तर्फ नम्बरलाल धिमाल, तारा ढकाल, कमला थापा मगर र विद्यानन्द राजवंशी समानुपातिकको सूचीमा परेको नेकपा एमाले झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्