News Portal

क्षेत्र १ ‘क’ मा संयुक्त गठबन्धनको ‘अर्जुन दृष्टि अभियान’ जारी

रातोपोस्ट संवाददाता
२५२ पटक

झापा, ३० असाेज । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएको छ । विजयी लक्ष्यका साथ घर दैलो अभियानमा रहेको गठबन्धन प्यानल मतदाताको घरघरमा पुगेर चुनावी अभियानलाई सक्रियरुपमा अघि बढाएको हो ।

क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेदवार गोपाल तामाङ, समानुपातिकतर्फका उम्मेदवार बालजीत राईसहितको टोली गठबन्धनले तय गरेको चुनाव केन्द्रित ‘अर्जुन दृष्टिको अभियान’ लाई निरन्तरता दिदै घरदैलो अभियानमा निस्किएको हो । क्षेत्रमा शनिबारबाट सुरु गरेको घरदैलो अभियान आइतबार मेचीनगर–१ स्थित निन्दा सिरान, माथिलो बाँसे र मेचीनगर–६ मध्य तथा पश्चिम प्रगति टोलमा घरदैलो अभियान सम्पन्न गरेको हो ।

नेपाली काँग्रेसका प्रदेश क सभापति हरि बुढाथोकीको नेतृत्वमा वडा नम्बर १ मा घरदैलो अभियान सञ्चालन गरेको थियो । त्यस्तै वडा नम्बर ६ स्थित काँकरभिट्टा मध्य तथा पश्चिम प्रगति टोलमा संविधान सभा सदस्य उषा गुरुङको नेतृत्वमा अभियान सम्पन्न गरेको हो ।

नेपाली काँग्रेस १ ‘क’ उम्मेदवारहरुसँगै घरदैलो अभियानमा शुभेच्छुक, कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सो अवसरमा मतदाताहरुले स्थानीय विकासमा गठबन्धन प्यानलले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्दै मत दिने विचार प्रकट गरे । उम्मेदवारहरुले आम मतदाताहरुको चाहना र भावना अनुरुपका समग्र विकासका गतिविधिहरु सञ्चालन गर्ने भन्दै एक पटक नयाँ अनुहारलाई अवसर दिन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्