News Portal

पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते बिदा दिने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
२३३ पटक

काठमाडौं, २५ पुस । पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते पृथ्वीजयन्तीमा विदा दिने निर्णय गरेको हो।

राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो।मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्रालयले सार्वजनिक बिदाको सूचना जारी गर्ने छ।

प्रतिकृया दिनुहोस्